News Portal

आज थप ४२५ जनामा कोरोना संक्रमण: संक्रमितको संख्या ५७ सय ६० पुग्यो

रातोपोस्ट संवाददाता
४४३ पटक

काठमाडौं, जेठ ३२ : आइतबार एकै दिन थप ४२५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आइतबार ४२५ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या ५७ सय ६० पुगेको हो। नयाँ संक्रमितमध्ये ३७५ पुरुष र महिला ५० महिला रहेका छन्।

आइतबार मात्रै २७३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। हरेक दिन संक्रमितको संख्या बढ्दै गएको छ। बिहीबार पीसीआर विधिबाट १ लाख ३३ हजार ३७७ र आरडीटी विधिबाट २ लाख १० हजार७२१ जनाको नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ०८९ र आरडीटी विधिबाट २० हजार १३९ जनाको नमुना परीक्षण गरिएको छ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार १ लाख ४३ हजार ६४१जना क्वारेन्टाइनमा छन् । यस्तै आइसोलेसनमा ४ हजार ७६८ जना रहेका छन्।

यस्तै आइतबार थप ६१ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा.जागेश्वर गौतमले गत २४ घन्टामा विभिन्न स्थानका आइसोलेसनबाट ६१ जनाले कोरोना जितेर डिस्चार्ज भएको जानकारी दिए।योसहित निको हुनेको संख्या ९७४ पुगेको छ। जसमध्ये ८७७ र ९७ महिला रहेका छन्।नयाँ डिस्चार्ज हुनेमा ५५ पुरुष र ६ जना महिला रहेको मन्त्रालयलले जनाएको छ।

प्रतिकृया दिनुहोस्