News Portal

  • स्वास्थ्य बीमासहित बुद्धशान्ति अस्पतालको सेवा सुरु

    तीर्थ तिम्सिना
    ४६६ पटक

    झापा । झापाको बुधवारेमा बुद्धशान्ति अस्पतालको सेवा सुरु भएको छ । स्वास्थ्य बीमासहित अस्पतालको सेवा सुरु भएको हो । स्थानीय क्षेत्रका सेवाग्राहीले सरकारले लागू गरेको स्वास्थ्य बीमाको प्रारम्भिक सुविधा बुद्धशान्ति अस्पतालबाट पाउनेछन् । अस्पताल ५ शैयाको रहेको छ ।

    गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल, उपाध्यक्ष मीरा भुर्तेल, प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईं, कार्यपालिका सदस्य, जनप्रतिनिधि, स्वास्थ्यकर्मी लगायतको उपस्थितिमा अस्पतालको सेवा शुभारम्भ गरिएको हो ।

    स्वास्थ्य बीमाको कार्यक्रम सञ्चालनले बुद्धशान्तिबासीलाई प्रत्यक्ष फाइदा पुग्ने गाउँपालिका अध्यक्ष भुजेलले बताए । उनले हाललाई ५ सैय्याको अस्पताल गाउँपालिकाले स्वीकृति लिएको र पछि १५ शैय्या सञ्चालनका लागि पुन स्वीकृति लिने जानकारी दिए ।

    भर्खरै मात्र गाउँपालिकालाई अर्थ मन्त्रालयले एक करोड २५ लाख रकम उपलब्ध गराएको छ । उक्त रकमबाट अस्पतालका लागि स्वास्थ्य सामाग्री, उपकरण खरिद गरिने अध्यक्ष भुजेलले बताए ।

    गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीका अनुसार अस्पतालमा एकजना एमबिबिएस डाक्टर, पाँचजना पारामेडिक्स स्टाफ, तीन जना नर्सिङ स्टाफ र एकजना सहयोगी खटिनेछन् ।

    गाउँपालिका निकटमा रहेको स्वास्थ चौकी अब छुट्टै नभएर बुद्धशान्ति अस्पतालमा परिणत हुनेछ । अस्पतालमा ओपिडी, चौबीसै घण्टा इमरजेन्सी, ल्याब, बीमा लगायतका सेवा उपलब्ध हुनेछन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)