News Portal

आज दिनभर नै वर्षाको सम्भावना

रातोपोस्ट संवाददाता
४९२ पटक

काठमाडौं, असार २ : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले विहीबारसम्म वर्षा हुने पूर्वानुमान गरेको छ ।

नेपालको पूर्वी र मध्य भू-भागमा मनसुनी वायु तथा पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभावका कारण वर्षा भइरहेको महाशाखाले जानकारी दिएको हो । महाशाखाले आज देशका धेरै ठाउँमा भारी वर्षाको सम्भावना रहेको हुँदा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाका अनुसार मुलुकका धेरै ठाउँमा सोमबार राति नै वर्षा भइरहेको छ भने आज दिनभर वर्षाको सम्भावना छ। देशभर धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ ।

लगातार वर्षाको सम्भावना रहेको हुँदा नदीमा पानीको वहाव बढ्ने हुँदा सर्तकता अपनाउन आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्