News Portal

  • मेची अस्पताललाई २३ करोड दिने प्रदेश सरकारको घोषणा

    रातोपोस्ट संवाददाता
    ३८४ पटक

    झापा, असार २ । झापाको भद्रपुरस्थित मेची अस्पतालको सेवालाई अझै गुणस्तरीय बनाउन उपकरण, जनशक्ति र पूर्वाधार विकासका लागि प्रदेश सरकारले २३ करोड विनियोजन गर्ने भएको छ ।

    संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री इन्द्र आङ्वोले मेची अस्पतालको उपचार सेवालाई थप गुणस्तरीय बनाउन सो रकम विनियोजन गरिने बताए ।

    अर्थमन्त्री आङवोले प्रादेशिक मेची अस्पतालको सेवाको गुणस्तर सुधार गर्दै सिटी स्क्यान, हेमोडाइलोसिस सेवा र भेन्टिलेटरसहित सघन उपचार कक्षका लागि २३ करोड रुपैयाँ विनियोजन गरिएको बताए ।

    स्थापना भएको लामो समय भए पनि पर्याप्त सरकारी चासो नपुगेको मेची अस्पतालका लागि सरकारले यति ठूलो रकम दिने घोषणा गरेको पहिलो हो । सांसद गोपाल बुढाथोकीले झापाली सांसदको मागलाई प्रदेश सरकारले सम्बोधन गरेको भन्दै सामाजिक सञ्जालमार्फत सरकारलाई धन्यवाद दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)