News Portal

गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको निधन

रातोपोस्ट संवाददाता
९८२ पटक

काठमाडौं, असार २ । साेलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको बजे निधन भएको छ । क्यान्सर रोगका कारण मंगलबार बिहान ८:३० बजे ३९ वर्षको उमेरमा उनको निधन भएको हो ।

आन्द्राको क्यान्सरबाट पीडित उनको काठमाडौंस्थित ह्याम्स र निदान अस्पतालमा उपचार गरिएको थियो । तर, पछिल्लो समय अवस्था सुधाराेन्मुख नभएपछि चिकित्सककाे सल्लाहमा गाउँ नै फर्काइएको थियो ।

उपचारका लागि भर्ना भएपछि एक महिनाअघि शेर्पाले आफ्नो जिम्मेवारी गाउँपालिका उपाध्यक्ष टसील्हामु शेर्पालाई सुम्पिएका थिए ।

प्रतिकृया दिनुहोस्