News Portal

उत्तर कोरियाले ध्वस्त पारिदियो सीमा नजिकै रहेको सम्पर्क कार्यालय

रातोपोस्ट
७४४ पटक

एजेन्सी । सीमावर्ती सहर काइसोङ नजिकै रहेको संयुक्त सम्पर्क कार्यालय उत्तर कोरियाले ध्वस्त बनाएकाे हाे । संयुक्त सम्पर्क कार्यालय उत्तर कोरियाले ध्वस्त पारेको दक्षिण कोरियाली अधिकारीले पारेको दाबी गरेको छ।

उत्तर कोरियाले दक्षिण कोरियाविरुद्ध सैन्य कदम चाल्ने चेतावनी दोहोर्‍याएको केही घण्टामा नै यस्तो समाचार आएको हो । सन् २०१८ मा दुई कोरियाको बीचमा सम्पर्कको लागि यो क्षेत्र मर्मत गरिएको थियो ।

पछिल्लो केही सातादेखि दुई मुलुकको बीचमा तनाव बढेको छ । दक्षिण कोरियाली डिफ्याक्टर समूहले आफ्नो प्रचार सामग्रीहरु उत्तर कोरियामा लगेपछि उनीहरुको बीचमा तनावको अवस्था सिर्जना भएको हो ।

उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले यसअघि नै यो कार्यालय ध्वस्त पार्ने चेतावनी दिइसकेकी थिइन् । न्योन्हाप समाचार एजेन्सीले काइसोङमा रहेकेा औद्योगिक पार्कनजिकै विष्फोट र धुँवा देखिएको उल्लेख गरेको छ । उक्त औद्योगिक पार्क दुई मुलुकले स्थापना गरेका थिए । तनाव बढेसँगै यो पार्क बन्द रहँदै आएको थियो । बीबीसी

प्रतिकृया दिनुहोस्