News Portal

झापा काँग्रेसको प्रधानमन्त्रीलाई ज्ञापनपत्र

रातोपोस्ट संवाददाता
८४७ पटक

झापा, असार २ । मापदण्ड विपरीतका क्वारेन्टाइन संचालनमा रहेको, सरकार अकर्मण्य एवम् भ्रष्ट भएको, पिसिआर परिक्षण सुस्त गतिमा भइरहेको तथा विपन्न नागरिक भोकभोकै बस्न बाध्य भएको लगायतका विभिन्न १७ वटा माँगसहित नेपाली काँग्रेस झापाले मंगलबार प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएको छ ।

पार्टीका केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्माको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो

नेपाली काँग्रेसका पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले संकटका बेला देश र जनताको सेवक बन्नु पर्ने सरकारका जिम्मेवार मन्त्रीहरू भ्रष्टाचार र अनियमिततामा लागेकाले काँग्रेसले राष्ट्रव्यापी विरोधमा उत्रनु परेको बताए । नेपाली काँग्रेसले मंगलबार देशैभर प्रदर्शनसहित ध्यानाकर्षण पत्र बुझाएको सो पार्टीले जनाएको छ ।

पार्टीका केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय नेता एवम् पूर्व मन्त्री केशवकुमार बुढाथोकी, प्रदेश सांसद् ओमप्रकाश सरावगी, केन्द्रीय सदस्य भारतेन्दुकुमार मल्लिक जिल्ला सभापति उद्धव थापा, कोषाध्यक्ष केशवराज पाण्डे लगायतका नेताहरु ज्ञापन पत्र बुझाउन उपस्थित थिए ।

संकटको सामना गर्न सरकारलाई काँग्रेसले शालीनता पूर्वक गरेको सहयोगलाई दुरूपयोग गर्दै सरकारी निकाय भ्रष्टाचार र लुटतन्त्र मच्चाउन व्यस्त भएपछि कााग्रेस देशव्यापी विरोधमा ओर्लनु परेको भन्दै प्रवक्ता शर्माले सपना बाडेर रोग र भोकबाट बाँच्न नसकिने बताए ।

सो अवसरमा सञ्चारकर्मीसित संक्षिप्त कुराकानी गर्दै प्रवक्ता शर्माले भ्यू टावर निर्माण गर्न करोडौं पठाउने प्रधानमन्त्रीले गृह जिल्लामा बढ्दो कोरोना नियन्त्रणका लागि एक पैसा पनि नपठाउनु विडम्बना भएको प्रष्ट प्रष्ट पारेका थिए ।

प्रतिकृया दिनुहोस्