News Portal

कोरोना संक्रमण सामुहिक रुपमा समाधान गर्नुपर्ने : प्रदेश सदस्य मैनाली

रातोपोस्ट संवाददाता
६०४ पटक

झापा, २ असार । विश्वमा महामारीका रुपमा फैलिईरहेको नोवल कोरोना भाइरस (कोभिड १९)को संक्रमण सामुहिक समस्या भएका कारण यसको समाधान सामुहिक रुपमा गर्नुपर्ने १ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले बताए ।

पालिका स्तरीय समुदाय प्रहरी साझेदारी मेचीनगर पालिका समितिले मंगलबार आयोजना गरेको (कोभिड १९) विरुद्घको सचेतना अभियानको उद्घाटन गदैं प्रदेशसभा सदस्य मैनालीले अहिले यसको संक्रमण दिनप्रतिदिन जटिल बन्दैं गएका कारण यसको संक्रमण रोक्न र फैलिन नदिन आम मानिसहरु सचेत भएर लाग्नुपर्नेमा जोड दिए ।

भारतको पश्चिम बंगाल राज्यको रानीगञ्ज नाकासँग सिधा सम्पर्क रहेको नेपाल प्रवेशको पुर्वीद्वार काँकरभिट्टामा शुरुदेखि नै स्थानीय सरकारको उच्च सर्तकताका आम नगरवासीको साथ सहयोग र समन्वयका कारण अन्य पालिकाको तुलनामा अहिलेसम्म मेचीनगरक्षेत्रमा नोवल कोरोना भाइरस (कोभिड १९) को संक्रमण त्यति भयावह नदेखिएको भन्दैं सवै नगरवासीमा धन्यवाद ज्ञापन गरे ।

विपद् र महामारीले धनी गरीव जातधर्म नचिन्ने भन्दैं प्रदेश सभा सदस्य मैनालीले अहिले विश्व नोवल कोरोना भाइरस कोभिड १९ को महामारीसँग जुधिरहेको र यस्तो विपद्मा सवैजना उत्तेजित नभई सचेत हुन समेत आम नगरवासीमा आग्रह गरे ।

समुदाय प्रहरी साझेदारी मेचीनगरका संयोजक एवम् नगर प्रमुख विमल आचार्यले नेपाल सरकारद्वारा निषेध गरिएका बाहेक सम्पूर्ण उद्योग व्यवसाय विहान ८ देखि साँझ ५ बजेसम्म सञ्चालन गर्न आम उद्योगी व्यवसायीहरुलाई आग्रह गदैं नेपाल सरकारले जारी गरेको मापदण्ड पुरा गर्नपर्नेमा जोड दिए ।

प्रतिकृया दिनुहोस्