News Portal

बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या २० पुग्यो

रातोपोस्ट संवाददाता
७१५ पटक

नेपालगञ्ज, असार ३। कोरोनाबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ। बैजनाथ गाउँपालिकाकी ४५ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो । उनको पनि मृत्युपछि मात्रै स्वाव संकलन गर्ने काम भएको थियो भने मृत्यु भएको २४ घण्टापछि कोरोना पुष्टि भएको छ ।

मृतक महिला बिरामी भएपछि जेठ ३० गते मेडिकल कलेज, कोहलपुरमा उपचार गराउन आएको बताइएको छ । असार १ गते सोमबार साँझ उनको उपचारका क्रममा मृत्यु भएको थियो । मृत्युभएपछि सोहि दिन दिउँसो स्वाव लिइएको थियो। स्वावको मंगलबार राती आठ बजे रिपोर्ट आउदा महिलामा कोरोना देखिएको हो। उनको आज (बुधबार) मात्र शब ब्यबस्थापन गरिने जिल्ला स्वास्थ कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ भने देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २० पुगेको छ । बाँकेमा यसअघि नरैनापुरका युवकको कोरोनाबाट मृत्यु भएको थियो। बाँकेमा ३ सय २३ जना संक्रमित देखिदा २ सय ७ जना डिस्चार्ज भएका छन्।

प्रतिकृया दिनुहोस्