News Portal

प्रदेश सरकारले वीरेन्द्र र शम्भुको परिवारलाई राहतस्वरुप पाँच/पाँच लाख दिने

रातोपोस्ट
७१५ पटक

जनकपुरधाम, असार ३ । प्रदेश नम्बर–२ को सरकारले शम्भु सदा र वीरेन्द्र यादवको परिवारलाई राहतस्वरुप रु पाँच/पाँच लाख दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले राहत दिने निर्णय भएको मुख्यमन्त्रीका प्रेस संयोजक आतिस मिश्रले जानकारी दिए ।

हिरासतमा निधन भएका सदा र भारतबाट आउँदै गर्दा जटही नाकामा मृत्यु भएका यादवको परिवारलाई सो रकम राहतस्वरुप उपलब्ध गराउने निर्णय भएको हो । रासस

प्रतिकृया दिनुहोस्