News Portal

चीनले दियो यस्तो जवाफ, के तपाईंका सैनिक पनि मारिएका छन् ?

रातोपोस्ट
५३९ पटक

एजेन्सी । पूर्वी लद्दाखको गलवान घाटीमा भारत र चीनको सीमा लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा दशकौं पछि पुनः तनावको स्थिती पैदा भएको छ ।

सोमबार राती चीन र भारतको सेनाबीच भएको हिंस्रक झडपमा २० भारतीय सैनिकको मृत्यु भयो । सुरुमा तीन जवानको मृत्युको खबर आएको थियो तर पछि भारतीय सेनाले आफैं बयान जारी गरेर गम्भीर रुपमा घाइते अन्य १७ जवानको पनि मृत्यु भएको जानकारी दिएको थियो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले पूरा घटनाबारे भने, ‘दुबै देशका सिनियर कमान्डरबीच बैठक भयो र तनाव कम गर्ने विषयमा सहमति बन्यो । सबैकुरा छलफलको हिसाबले अघि बढ्ला भन्ने हामीले आशा गरेका थियौं ।

१५ जून अबेर राती चिनियाँ सेनाले अचानक व्यवहार परिवर्तन गर्यो । चीनले एकतर्फी निर्णय लिँदै यथास्थितीलाई अस्विकार गर्यो र फलस्वरुपः दुबै तिरबाट हिंस्रक झडप भयो । दुबै तर्फका मानिसहरु हताहत भए, जसलाई रोक्न सकिन्थ्यो तर चीनले सम्झौतालाई इमान्दारिताका साथ पालना गरेन ।’

२० भारतीय सैनिकको मृत्युको खबरले भारतको राजनीति तातेको छ । विपक्षी पार्टीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई अगाडि आएर जवाफ दिन भनेको छ । मोदीले एक भिडियो सन्देशमा भारतीय सैनिकको शहादत बेकार नजाने बताएका छन् । मोदीले भने, ‘भारतीय सैनिक मार्ने क्रममा मरेका हुन् ।’ प्रधानमन्त्रीको भनाई यो थियो कि भारतीय सैनिकको मात्रै एकतर्फी क्षती भएको छैन ।

के चिनियाँ सैनिक पनि मारिएका छन् ?

भारतीय मिडियामा पनि मंगलबार यहि कुराको छलफल भइरह्यो । केहि मिडियाले चिनियाँ सैनिकको मृत्यु भएको संख्या नै तोकिदियो । तर अहिलेसम्म यसबारे केहि स्पष्ट जानकारी छैन । बुधबार यहि प्रश्न चिनियाँ विदेश मन्त्रालयको पत्रकार सम्मेलनमा समाचार एजेन्सी पिटिआईले प्रश्न सोधेको छ । जसमा पत्रकारले सोधेका छन्, ‘भारतीय मिडियामा चिनियाँ सैनिक हताहत भएको बताइएको छ, के तपाईं यसलाई पुष्टि गर्नुहुन्छ ’

यो प्रश्नको जवाफमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजियानले भने, ‘मैले अघि पनि भनेँ कि देशका सैनिक ग्राउन्डमा विशेष विषयवस्तु सुल्झाउने कोसिस गरिरहेका छन् । मसँग त्यस्तो कुनै जानकारी छैन, जुन म यहाँ सार्वजनिक गर्न सकूँ । मलाई लाग्छ र तपाईंले पनि देख्नु भएको होला कि यस्तो स्थिती पैदा भएलगत्तै दुबै पक्षबीच सीमामा शान्ति बहालीका लागि कुराकानीमार्फत् विवाद सुल्झाउने कोसिस भइरहेको छ ।’

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भने, ‘संसारका दुई ठूला विकासशील र उदीयमान अर्थतन्त्र भएको देश भारत र चीनबीच मतभेदभन्दा पनि सहमतिको आवश्यकता छ । आ–आफ्ना नागरिकको हित र आशाका अनुसार सम्बन्धलाई सहि बाटोमा अघि बढाएर सहमतिमा पुगेर त्यसको पालना गर्नु नै दुबै देशको आवश्यकता हो । हामीलाई आशा छ कि भारतीय पक्ष हामीसँग काम गर्नेछ र दुई देश एकैसाथ अघि बढ्नेछौं ।’

पिटिआईले सोधेको ‘अब सीमामा हिंस्रक झडप हुँदैन ’ भन्ने प्रश्नको जवाफमा चाओ लिजियानले भने, ‘स्पष्ट छ कि अब हामी थप विवाद चाहँदैनौं ।’बीबीसी

प्रतिकृया दिनुहोस्