News Portal

गण्डकी प्रदेशमा थपिए ४२ कोरोना संक्रमित, मनाङमा पनि पहिलाेपटक देखियाे काेराेना

रातोपोस्ट संवाददाता
६९७ पटक

काठमाडौं, असार ४ : गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना भाइस (कोभिड १९ ) पुष्टि भएको छ ।

विहिबार एक बिहानै स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले प्रेस बिज्ञप्ति प्रदेशका ४ जिल्लामा गरेर ४२ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ थपिएका संक्रमितहरुमा तनहुँका १२ जना, नवलपरासी ( वर्दघाट सुस्ता पूर्व) का १८ जना, गोरखाका ११ जना र मनाङका १ जना रहेका छन् । मनाङमा पहिलो पटक संक्रमण देखिएको हो ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २८९ पुगेको छ । मनाङका १ जना संक्रमित कपिलबस्तुबाट फर्केका हुन् भने अरु सबै संक्रमित भारतबाट नेपाल आएका हुन् । संक्रमित सबैजना सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेका छन् अब उनीहरु सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

प्रतिकृया दिनुहोस्