News Portal

  • बेलायतकी प्रसिद्ध गायिका लिनको १ सय ३ वर्षको उमेरमा निधन

    रातोपोस्ट संवाददाता
    ५३८ पटक

    एजेन्सी, असार ४ । बेलायतकी प्रसिद्ध गायिका डेम भेरा लिनको १ सय ३ वर्षको उमेरमा निधन भएको छ । लिन सन् १९१७ मा इस्ट ह्याममा जन्मिएकी थिइन् ।

    उनले गाएको ‘वि विल मिट अगेन’ भन्ने गीत बेलायतमा दोस्रो विश्वयुद्धताका निकै चर्चित थियो । उनलाई त्यसबेला ‘आशाको प्रतीक’का रुपमा सम्मान गरिन्थ्यो ।

    उनले विश्वयुद्धका वेला इजिप्ट, इन्डिया, म्यानमार, बर्मामा गएर बेलायती सेनालाई गीतमार्फत मनोरन्जन दिइन् । उनले युद्ध मैदानमै गएर पनि गीत गाएकी थिइन् । बेलायती सेनामाझ उनको गीत लोकप्रिय बनेपछि उनलाई ‘सैनिककी प्रेमिका’को उपमा दिइएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)