News Portal

साउदीबाट १५३ नेपाली काठमाण्डौ आइपुगे

रातोपोस्ट संवाददाता
१०३५ पटक

काठमाडौं, असार ५ : कोरोना भाइरसको महामारीले साउदी अरेबियाबाट १५३ जना नेपाली काठमाडौं आइपुगेका छन् ।

१५३ जना नेपाली लिएर आएको हिमालय एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ६ बजेर ४५ मिनेटमा अवतरण गरेको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । साउदीमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि भएको यो पहिलो उडान हो ।
साउदीको दमामबाट हिमालय एयरलान्सले दोस्रो चार्टर्ड उडान भोलि शनिबार पनि हुने बताईएको छ । यस्तै आजै माल्दिभ्सबाट पनि १५० जना तथा कुवेत र कतारबाट पनि नेपालीहरु स्वदेश फर्कदै छन् । यस्तै यूएईबाट १ सय ४८ जना नेपाली स्वदेश फर्किने छन् ।

प्रतिकृया दिनुहोस्