News Portal

  • वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका २४ जनाको शव ल्याइँदै

    रातोपोस्ट संवाददाता
    ३३९ पटक

    काठमाडौँ, असार ५ । शुक्रबार वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका २४ जनाको शव नेपाल ल्याइदैँछ । कतारबाट मात्रै २० जनाको शव नेपाल ल्याउन लागिएको हो ।

    बैदेशिक रोजगार बोर्डका अनुसार कतारबाटबाहेक युएईबाट एक, कुवेतबाट दुई र साउदीबाट एकजनाको शव नेपाल ल्याउन लागिएको हो । साउदीबाट एकजनाको शव हिमालयन एयरलाइन्सबाट नेपाल ल्याइसकिएको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए ।

    वैदेशिक रोजगार बोर्डका अनुसार क–कसको शव आउँदैछ ? कतारबाट
    १. महमुद अलमान मुसलमान, कपिलवस्तु
    २. मुस्ताक साइक, सर्लाही
    ३. रुपेशकुमार मण्डल, सिरहा
    ४. कुम्बा तामाङ, लमजुङ
    ५. भक्तबहादुर थापामगर, बाँके
    ६. राजेन्द्रप्रसाद मण्डल, सप्तरी
    ७. युवराज अधिकारी, मोरङ
    ८. मीनबहादुर थापा, भोजपुर
    ९. नरबहादुर कामी, सुर्खेत
    १०. मंगलबहादुर तामाङ, भोजपुर
    ११. सुकराम थारु, बर्दिया
    १२. अरुणकुमार पंजियार, सर्लाही
    १३. शिवशंकर राउत, महोत्तरी
    १४. चुतर्वा मण्डल, धनुषा
    १५. जितेन्द्र थापामगर, मकवानपुर
    १६. यामबहादुर थापा, रुपन्देही
    १७. कासिदेव यादब, सिराहा
    १८. सधोवाका पासवान, सर्लाही
    १९. अनिल चौधरी, महोत्तरी
    २०. मनोज पासवान, सर्लाही

    साउदीबाट

    १.भैरब बहादुर बस्नेत

    कुवेतबाट

    १. सोनि तामाङ, नुवाकोट
    २.मानव आले, सङ्खुवासभा

    युएईबाट

    १. पेम्बा नुर्बु शेर्पा, सोलु

    निर्देशक श्रेष्ठका अनुसार ७ वटा शव काठमाडौँमै अन्त्येस्टी गर्ने र बाँकी घरसम्म पुर्याइदिने व्यवस्था छ । सम्बन्धित परिवारलाई समेत जानकारी गराइसकेको श्रेष्ठले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)