News Portal

झापाका खगेन्द्र अधिकारी सीटीईभीटीको उपाध्यक्षमा मनोनित

रातोपोस्ट संवाददाता
९०८ पटक

काठमाण्डौ, असार ५ । झापाका खगेन्द्र अधिकारीलाई सरकारले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटीईभीटी) काे उपाध्यक्षमा नियुक्त गरेको छ ।

असार २ गते बसेको मन्त्रिपरिषद्को बैठकले सिटीईभीटीको उपाध्यक्षमा झापाका अधिकारीलाई नियुक्त गरेको सरकार प्रवक्ता तथा अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले जानकारी दिए ।

त्यस्तै वौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको अध्यक्षमा ताप्लेजुङ फुङलिङ नगरपालिका–९ का फुपु छेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिक्डोल) नियुक्त भएका छन् ।

समितिको कार्यकारी निर्देशकमा नुवाकोटको दुप्चेश्वरका होमबहादुर दोङ नियुक्त भएका छन् भने
मन्त्रिपरिषद बैठकले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. राजन खनाललाई नियुक्त गरेको छ ।

प्रतिकृया दिनुहोस्