News Portal

  • अनियमितता गरेको भन्दै अपाङ्ग सङ्घमा पुन : तालाबन्दी

    रातोपोस्ट संवाददाता
    ५२७ पटक

    काठमाडौं, असार ५ । जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा व्यवस्थापनले आर्थिक अनियमितता गरेको भन्दै छानबिन गर्नुपर्ने गर्दै पुनः तालाबन्दी गरिएको छ ।

    अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य र सीपमूलक तालीमका लागि ल्याइएको बजेट व्यवस्थापनले आफ्नो परिवारका लागि खर्च गरेको भन्दै नेपाल अपाङ्ग सङ्घ, सङ्घर्ष समितिले शुक्रबार तालाबन्दी गरेको हो ।

    यसअघि गोकर्णेश्वर नगरपालिकाले केन्द्रमा भएको भनिएको अनियमता छानविन गर्ने आश्वासन दिएपछि ताला खोलिएको थियो । तर छानविन समितिमा अनियमिततामा संलग्न व्यक्तिलाई नै सहभागी गराइएको भन्दै पुन तालबन्दी गरिएको संघर्ष समितिका संयोजक राम प्रसाद कोइरालाले जानकारी दिए ।

    सङ्घर्ष समितिले सङ्घका नाममा रहेको जग्गामध्येबाट पाँच आना जग्गा निवर्तमान अध्यक्ष मोहन महर्जन नेतृत्वको व्यवस्थापनले कसैलाई जानकारी नदिई बेचेको आरोप लगाउँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)