News Portal

मेची अभियानले दियो नगरपालिकालाई स्वास्थ्य सामग्री

रातोपोस्ट संवाददाता
८५८ पटक

झापा, आषाढ ५ । झापाकाेे मेचिनगरमा रहेका मेची अभियानले अर्जुनधारा नगरपालिकालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । नेपाली काँग्रेसका प्रबक्ता विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको टोलीले स्वास्थ्य सामग्री नगरलाई हस्तान्तरण गरेको हो ।

अभियानका संयोजक विजय डालमियाका अनुसार अर्जुनधारा का प्रमुख हरिकुमार राना र उप–प्रमुख कमला खतिवडालाई शुक्रबार एक कार्यक्रमकाबिच स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

नगरपालिकालाई हस्तान्तरण गरिएका सामानमा ५० थान भिटिएम किट, एक सय थान मास्क, ५ थान पिपिइ सेट, एक कार्टुन स्यानिटाइजर र मास्क लगायतका सामग्री रहेको संयोजक डालमियाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्