News Portal

रूकुम घटना : मृतकका परिवारलाई कर्णाली प्रदेश सरकारले एक-एक लाख दिने

रातोपोस्ट संवाददाता
४८४ पटक

सुर्खेत, असार ५। कर्णाली प्रदेश सरकारले रूकुमपश्चिम चौरजहारी–८, सोतीको घटनामा मृत्यु भएका ६ जनाका परिवारलाई जनही एक लाख रुपैयाँ दिने निर्णय गरेको छ।

सोमबार बसेको कर्णाली प्रदेश मन्त्रीपरिषद्को बैठकले मृतकका परिवारलाई राहत स्वरुप एक-एक लाख दिने निर्णय गरेको हो।

मन्त्रिपरिषदका निर्णय आज सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवत्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले मृतकका परिवारलाई एक एक लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने जानकारी दिइन्।

अन्तरजातीय प्रेम सम्बन्धलाई लिएर गत जेठ १० गते सोतीमा भएको घटनामा भेरी नगरपालिका–४ का नवराज बिक, गोविन्द शाही, सञ्जु (सन्दीप) बिक, वडा नम्बर ११ का लोकेन्द्र सुनार, कुशे गाउँपालिका–२ का गणेश बुढामगर र चौरजहारी नगरपालिका–१ का टीकाराम सुनारको मृत्यु भएको थियो।

प्रतिकृया दिनुहोस्