News Portal

  • दमकमा भेटिएकि कोरोना संक्रमण महिला कुवेतबाट आएकि थिइन् ।

    रातोपोस्ट संवाददाता
    ५३९ पटक

    झापा, असार ६ । कुवेतबाट नेपाल आएकी झापाकाे दमककि एक महिलामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

    दमक–१ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको क्वारेन्टिनमा बसेकी २९ वर्षीया विवाहित महिलाको शुक्रबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनको असार ३ गते पीसीआर टेष्ट गरिएको थियो । पीसीआर टेष्टको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

    उनी गत जेठ २९ गते कुवेतबाट काठमाडौँ आएकी थिइन् । उनको काठमाडौँमा कोरोना जाँच गरिएको थिएन । कुवेतबाट काठमाडौँ झरेकी उनलाई सिधै दमक स्थित प्रतिष्ठानको क्वारेन्टिनमा ल्याइएको थियो ।

    उनलाई शुक्रबारै विराटनगर स्थित कोभिड अस्पताल पठाइएको छ । सरकारले विदेशबाट आएका कुनैपनि नेपाली नागरिहरुलाई कोरोना जाँच विना आआफ्नो प्रदेश पठाउने गरिएको जनाएको छ । प्रदेशबाट आफ्नो वडाको क्वारेन्टिनमा बसेको ४/५ दिनपछि मात्र पीसीआर टेष्ट गरिएको थियो । योसँगै झापामा कोरोना संक्रमितको संख्या १८२ पुगेको फोकल पर्सन चौलागाईले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)