News Portal

मेचीनगरमा थप २ जनामा कोरोना पुष्टि

रातोपोस्ट संवाददाता
४४९ पटक

झापा । मेचीनगरमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । होम क्वारेन्टाइन्मा बसेका १ पुरुषसहित २ जनामा कोेरोना पुष्टि भएको हो ।

सक्रमित २ पुरुषहरु वडा नं ५ र ६ का रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्शन जीवन चौलागाईंले जानकारी दिए । वडा नं ५ का ३० बर्षीय पुरुष वडा नं ५ को बालकल्याण माविको क्वारेन्टाइनमा रहेको मेचीनगर सामाजिक विकास समिति संयोजक नबिन बरालले बताए ।

त्यस्तै अर्का संक्रमितमा वडा नं ६ का ३५ बर्षीय पुरुष रहेका छन् । जेठ ३२ गते भारतबाट आएर होम क्वारेन्टाइनमा बसेका ती ब्यक्तिको घरमा परिवारका ६ जना सदस्यहरु रहेको बताइएको छ ।

संयोजक बरालका अनुसार परिवारका सदस्यहरुको पीसीआर परीक्षण भोली गरिने छ । संक्रमति दुबै जनाको असार ३ गते स्वाब संकलन गरिएको थियो ।

योसंगै मेचीनगरमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ । आज संक्रमण पुष्टि भएकालाई मोरङको गोठगाउँ लगिएको छ ।
आजनै झापामा कन्काई नगरपालिकामा १ महिला तथा अर्जुनधारा नगरपालिका २ महिला र १ पुरुषमा समेत कोरोनाको संक्रमण पुष्टि भएको जनाइएको छ। थप ६ जनामा संक्रमण पुष्टि भएसंगै झापा कोरोना संक्रमितको संख्या १८९ पुगेको छ ।

प्रतिकृया दिनुहोस्