News Portal

विदेशी बुहारीलाई ७ वर्षपछि अंगिकृत नागरिता प्रस्ताव बहुमतले पारित

रातो पाटि
४३३ पटक

काठमाडौं, असार ७ । राज्य ब्यवस्था तथा सुशासन समितिको बैठकले विदेशी बुहारीलाई ७ बर्षपछि मात्रै अंगिकृत नागरिकता दिने प्रस्ताव बहुमतले पारित गरेको छ । आइतबार समितिको हलमा बसेको बैठकले बैवाहिक अंगिकृत नागरिकता ७ बर्षपछि मात्रै दिने विषयमा सर्वसहमति नभएपछि बहुमतबाट पारित भएको छ ।

पारित भएको नागरिकता सम्बन्धी विधेयक अब प्रतिनिधि सभाको पूर्ण बैठकमा पेश हुनेछ । आजको बैठकमा सो विधेयकमाथि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले फरक मत दर्ता गरेका छन् । उनीहरुले पहिलेदेखि नै नागरिकता सम्बन्धी ऐन २०६३ अनुसार नै वैवाहिक अंगिकृत नागरिकता दिनुपर्ने बताउँदै आएका थिए ।

विदेशी नागरिकता त्यागेपछि नेपालमा तुरुन्तै नागरिकता दिने विषयमा नेकपाका सांसदहरुले भने विरोध गर्दै आएका थिए । नेकपाको शनिवार बसेको सचिवालय बैठकले बैवाहिक अंगिकृत नागरिकता ७ बर्षपछि मात्रै दिने विषयमा निर्णय गरेको थियो ।

नेपाली कांग्रेस र जसपाले भने यो प्रावधानले दुई देशबिचको सामाजिक, सांस्कृतिक सम्बन्धमा असर पार्ने भन्दै विरोध जनाउदै आएका छन् । झन्डै २ वर्षदेखि संसदीय समितिमा विचाराधिन नागरिकता सम्बन्धी बिधयेक प्रतिनिधिसभामा पेश हुँदैछ ।

प्रतिकृया दिनुहोस्