News Portal

  • बेलायतका शीर्ष वैज्ञानिकले क्वारेन्टिनको नीतिलाई भने ‘बेकार’

    रातोपोस्ट
    ३६१ पटक

    काठमाडौं, असार ८ । बेलायतका शीर्ष वैज्ञानिकमध्येका एकले देशमा क्वारेन्टिनका लागि अपनाइएको नियमलाई ‘पूर्ण रुपमा बेकार’ बताएका छन् ।

    लण्डन स्कूल अफ हाइजीन एण्ड ट्रपिकल मेडिसिनका प्राध्यापक पिटर पाएटले बाहिरबाट आएका व्यक्तिहरुलाई १४ दिनको क्वारेन्टिन गर्ने जुन नियम बेलायतले अपनाइरहेको छ, त्यो तत्काल छोड्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

    इबोला र एचआइभीमाथि काम गरेर संसारभरी चर्चा बटुलेका वैज्ञानिकले संक्रमितको संख्या निकै कम भएका बेला मात्रै क्वारेन्टिन नीति प्रभावकारी भएको बताएका छन् । यो नियमको जूनको अन्तिममा रिभ्यू गरिनेछ ।

    उनका अनुसार मानिसहरुको सुरक्षार्थ दुई मिटरको सामाजिक दुरीको सल्लाह दिइएको छ । उनका अनुसार योभन्दा राम्रो त सार्वजनिक स्थानमा मास्क लगाएर जानु नै सबैभन्दा प्रभावकारी हुनेछ ।बीबीसी

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)