News Portal

विश्वभर कोरोना संक्रमितको संख्या ९० लाख नाघ्यो

रातोपोस्ट संवाददाता
६६२ पटक

काठमाडौं, असार ८ । विश्वभर कोरोना संक्रमितको संख्या ९० लाख नाघेको छ। वल्र्डओमिटरका अनुसार अहिलेसम्म विश्वभर संक्रमितको संख्या ९० लाख ३७ हजार तीन सय ९५ पुगेको छ।

संक्रमितमध्ये ४७ लाख ९६ हजार आठ सय ३७ उपचारपछि निको भएका छन् भने ३७ लाख ७१ हजार पाँच सय १० जना उपचारको क्रममा छन्। यो तथ्यांक सोमबार बिहान साढे पाँच बजेसम्मको हो। संक्रमितमध्ये ५४ हजार सात सय १९ जनाको अवस्था मात्रै गम्भीर छ। बाँकी सबै संक्रमितको अवस्था सामान्य छ।

गएको २४ घण्टामा विश्वभर कोरोनाका एक लाख २९ हजार तीन सय ९५ संक्रमित थपिएका छन्। संक्रमणको कारण गएको २४ घण्टामा विश्वभर तीन हजार तीन सय ३७ जनाले ज्यान गुमाएका छन्।

अहिलेसम्म विश्वभर चार लाख ६९ हजार ६ सय तीन जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ। अमेरिकामा मात्रै एक लाख २२ हजार दुई सय ४६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। त्यसपछि क्रमशः ब्राजिल, बेलायत, इटाली, फ्रान्स, स्पेन, मेक्सिको, भारत लगायतका देशमा धेरैले ज्यान गुमाएका छन्।

प्रतिकृया दिनुहोस्