News Portal

आज थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुग्यो

रातोपोस्ट संवाददाता
४२९ पटक

काठमाडौं, असार ८। बितेको २४ घण्टामा नेपालमा थप ५३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले सो जानकारी दिएका हुन् । जसमध्ये ७४ महिला ४६१ जना पुरुष रहेका छन् ।

योसहित नेपालमा कोरोना संक्रमितको कूल संख्या ९ हजार ५६१ पुगेको छ । जसमा ८९४ महिला र ८ हजार ६६७ जना पुरुष रहेका छन् । योसँगै बाग्मती प्रदेशको रसुवाभन्दा बाहेकका जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । हालसम्म कोरोनाबाट २३ जनाको मृत्यु भएको छ

प्रतिकृया दिनुहोस्