News Portal

होम क्वारेन्टाइनमा रहेका व्यक्तिमा कोरोना भेटिएपछि संक्रमितसँग सम्पर्कमा रहेका २२ जनाको स्वाब संकल

रातोपोस्ट संवाददाता
१६८८ पटक

झापा, असार ८,। झापाको मेचीनगर नगरपालिका वडा नम्बर -६ मा होम क्वारेन्टाइनमा बसेका ३३ वर्षीय पुरुष कोरोना भेटिएपछि संक्रमितसँग सम्पर्कमा रहेका २२ जना व्यक्तिको स्वाब संकलन गरीएको हाे ।

उनीहरूकाे परीक्षणका लागि विराटनगरस्थित कोभिड–१९ को प्रयोगशाला पठाइएको छ। सम्पर्कमा रहेका अन्यको पनि खोजी भइरहेको मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङले बताए ।

संक्रमितको आज विहानै घर शिल गरेर उनका परिवार, आफन्त र सम्पर्कमा रहेका २२ जनाको स्वाबको नमुना परीक्षण गर्न शुरु गरिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।

भारतको युपीबाट गत जेठ ३० गते काँकरभिट्टा आएका थिए । उनलाई लिन मेचीपुल बुबा र एक जना वडा सदस्य गएका थिए । उनीहरुले सामाजिक दुरी कायम गरेर नेपाल नम्बरको कारमा चढाएर मनकामना होटल पठाएका थिए ।

एकदिनको होटल बसाइपछि उनी होम क्वारेन्टाइनमा बस्ने गरी गएका थिए । उनको असार ३ गते पीसीआरको नमुना संकलन गरेर विराटनगर स्थित कोभिड–१९ को प्रयोगशाला पठाइएको थियो । उनको पीसीआरको रिपोर्ट आइतबार पोजेटिभ आएको थियो ।

प्रतिकृया दिनुहोस्