News Portal

झापाका थप ३ जनामा कोरोना संक्रमण पुष्टि

रातोपोस्ट संवाददाता
५३२ पटक

झापा, असार ८ । झापामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै जिल्लामा संक्रमितको संख्या १९२ पुग्यो ।

सोमबार संक्रमण पुष्टि हुनेमा झापाका दुई महिला सहित एक पुरुष रहेका छन् । जसमा भद्रपुर नगरपालिकाका दुई महिला र दमक नगरपालिकाका एक पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भद्रपुर नगरपालिकाको हिमाली माविको क्वारेन्टाइन्मा रहेका दुई जना महिलामा संक्रमण पुष्टि भएको हो स्वास्थ्य कार्यालय झापाका फोकल पर्शन जीवन चौलागाईंले बताए । उनीहरु केही दिन अगाडी कुवेतबाट आएका हुन् ।

दमक नगरपालिका वडा नं ४ का १ पुरुषमा समेत कोरोना पुष्टि भएको छ । उनी भारतबाट आएर नगरपालिकाले ब्यवस्था गरेको क्वारेन्टाइनमा रहेका थिए ।
झापामा हालसम्म निको भएर घर फर्किनेको कुल संख्या १३२ जना रहेको चौलागाईंले बताए ।

प्रतिकृया दिनुहोस्