News Portal

  • पाल्पामा पहिरो : मृत्यु हुनेको संख्या तीन पुग्यो

    रातोपोस्ट
    ४६२ पटक

    बुटवल, असार ८ । पाल्पाको तानसेन नगरपालिका–११ सम्मोबारीमा पहिरोले दुई वटा गाडी बगाउँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

    पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेका एउटा मिनी ट्रक र पानी बोक्ने ट्यांकर पहिरोले बगाउँदा तीन जना पुरुषको मृत्यु भएको हो । तीनजना मध्ये दुईजनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । मृतकहरुको सनाखत हुन बाँकी रहेको उनले बताए ।

    पहिरोले अगाडिको सडक अवरुद्ध भएकाले रोकिएर रहेका मिनी ट्रक र ट्यांकरलाई पुनः खसेको पहिरोले बगाएको हो । यस्तै पहिरोले एउटा कार र कुखुरा बोक्ने जिपमा समेत क्षति पुर्‍याएको छ । उनले भने, ‘जिपको आधा भाग सडक र आधा भाग सडकदेखि मुनि रहेको छ । तर कार भने सडकमै रहेको छ । पहिरोले दुवै सवारी साधनमा पनि क्षति पुर्‍याएको छ ।’

    रातभर परेको झरीले पहिरो गएपछि उक्त स्थानमा सवारी साधन अवरुद्ध भएका थिए । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पालपाका डीएसपी मदन गीरीको कमाण्डमा १५ जनाको टोली खटिएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

    स्थानीय तहहरुले वर्षातसँगै जथाभावी बाटो निर्माण गरेपछि पाल्पामा पहिरोको जोखिम बढेको स्थानीयको भनाइ छ । पहिरो गएको स्थानमा तानसेन नगरपालिकाले केही समयदेखि बाटो चौडा गरेको थियो । लगातार परेको वर्षाका कारण सोमबार बिहानदेखि नै पहिरोले बाटो अवरुद्ध रहेको थियो ।अनलाइनखबर

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)