News Portal

  • नागरिकता विधेयकको विरोधमा जनकपुरमा प्रदर्शन, प्रधानमन्त्री ओलीको पुत्ला दहन

    रातोपोस्ट संवाददाता
    ३२४ पटक

    जनकपुरधाम, असार ८ । वैवाहिक अंगीकृत नागरिकतासम्बन्धी प्रावधानको विरोधमा जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ।

    प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिले आइतबार नागरिकता प्राप्तिका लागि ७ वर्षको समयसीमा राखेर विधेयकको प्रतिवेदन पारित गरेको थियो। पारित व्यवस्थाप्रति विभिन्न टीका-टिप्पणी भइरहेका छन्। उक्त व्यवस्था खारेजीको माग समेत भइरहेको छ।

    जनक चोकमा जनता समाजवादी पार्टी (जसपा) का स्थानीय कार्यकर्ताले प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन्। उनीहरुले भानु चोक क्षेत्रमा पनि एक घण्टासम्म अवरोध गरे।

    जनकपुरधाम उपमहानगरपालिका उपप्रमुख रीता मिश्रको नेतृत्वमा विरोध प्रदर्शन गरिएको हो। यसअघि आइतबार पनि जनकपुर, वीरगंज र राजविराज लगायतका शहरमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र जनमत पार्टीले विरोध प्रदर्शन गरेका थिए।

    प्रतिकृया दिनुहोस्

    Our Team

    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)