News Portal

कोरोना जोखिम हुन नदिन, कनकाई नगर पाँचदिनका लागि सिल

रातोपोस्ट संवाददाता
४९५ पटक

झापा असार ८। क्वारेन्टाइनमा बसेकी महिलासँग एक बालकसहित उनका आफन्त केही घण्टा उनीसँगै बसेर खेलौना लिएर घर गएको जानकारी प्राप्त भएपछि झापा, समुदायमा कोरोना फैलिन सक्ने आशङ्का नगरपालिकाले सिल गरेको छ । कोभिड–१९सङ्क्रमण समुदायमा फैलिएको आशङ्कामा झापाको कनकाई नगरपालिका पाँच दिनका लागि सिल गरिएको सो कार्यालयले जनाएको छ ।

नगरपालिकामा बसेको आकस्मिक बैठकले सूचना जारी गर्दै सोमबार दिउँसो १२ बजेदेखि असार १३ गते शनिबार राती १२ बजेसम्मलाई स्वास्थ्य क्षेत्र बाहेक सबै क्षेत्रलाई बन्द गर्न नगरवासीलाई आग्रह गरेको छ । नगरपालिका ७ दुर्गापुर स्थित दलित भवनको क्वारेन्टाइनमा बसेकी ३१ वर्षीया महिलालाई आइतबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । महिला कुवेतबाट गत असार ३२ गते झापा फर्किएर क्वारेन्टाइनमा बसेकी थिइन् ।

क्वारेन्टाइनको सुरक्षामा खटिएका प्रहरीको खुट्टा मर्किएपछि उनी केही समय अन्यत्र गएको बेलामा कोरोना सङ्क्रमित युवतीका आफन्त बालकले भेट गरेका थिए । क्वारेन्टाइन बसेकी महिलाको घर नजिकै रहेको थियो । त्यही भएर नगरपालिकाले वडा नम्बर १ देखि ७ सम्मका सबै वडा सिल गर्न निर्णय गरेको जनाइएको छ ।

महिलाको सम्पर्कमा आएको कन्टेक्ट टेसिङ्ग गर्नु पर्ने भएकोले नगरपालिकाभित्र उच्च सतर्कता अपनाउनुका साथै नगर नै सिल गर्न निर्णय गरिएको नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले जानकारी दिए । सोमबार दिउँसोबाट नगरपालिका भित्र सञ्चालनमा औषधि पसलबाहेक सम्पूर्ण पसल, बैङ्क तथा वित्तीय संस्था लगायत सबै क्षेत्र बन्द गरिएको उनले बताए । कनकाईमा ती महिलासहित चार जनामा कोरोना पुष्टि भइसकेको छ । अन्य तीन जना भारतको कानपुरबाट आएर क्वाझापारेन्टाइनमा बसेका थिए ।

प्रतिकृया दिनुहोस्