News Portal

गण्डकी प्रदेशमा थप ७३ जनामा कोरोना पुष्टि

रातोपोस्ट संवाददाता
५१७ पटक

पोखरा । गण्डकी प्रदेशमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकीमा संक्रमितको संख्या ५९३ पुगेको छ ।

गण्डकी स्वास्थ्य निर्देशनालयले सोमबार बेलुका सार्वजनिक गरेको तथ्याङ्क अनुसार तनहुँमा एक महिलासहित १७, स्याङ्जामा ९, बागलुङमा ८, गोखरामा ११, लमजुङमा ५, पर्वतमा १ नवलपुरमा १, र कास्कीको पोखरामा १ जना गरि थप ७३ जनामा कोरोना पुष्टि भएको हो ।

लमजुङको बेसिसहरकी २१ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ भने पोखरामा संक्रमित हुने ४५ वर्षीय पुरुष छन् ।

गण्डकी प्रदेशको प्रदेश क्षयरोग केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परीक्षणबाट कोरोना पुष्टि भएकाहरुलाई आइसोलेसनमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

प्रतिकृया दिनुहोस्