News Portal

गण्डकी प्रदेशमा थप ३२ जनामा काेराेना पुष्टि

रातोपोस्ट संवाददाता
७९७ पटक

पोखरा, १० असार । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायले जारी गरेको विज्ञप्ति अनुसार नयाँ संक्रमण पुष्टि हुनेमा बाग्लुङका ९ जना, स्याङजाका ७ जना, कास्कीका ५ जना, लमजुङका ५ जना, नवलपुरका ३ जना, तनहुँ, गोरखा र पर्वतका १-१ जना छन् ।

योसँगै गण्डकी प्रदेशमा कुल संक्रमित व्यक्तिको संख्या ७२९ पुगेको छ ।

निर्देशनालयका अनुसार बाग्लुङका ९ मध्ये बरेङ गाउँपालिकाका ८ पुरुष र जैमिनी गाउँपालिकाका १ पुरुष छन् ।
त्यसैगरी स्याङजाका ७ मध्ये वालिङ नगरपालिकाका ३० महिने बालिकासहित ३ पुरुष र एक महिला छन्, त्यसैगरी आँधीखोला गाउँपालिका र अर्जुनचौपारी गाउँपालिकाका १-१ पुरुष छन् ।

कास्कीका ५ मध्ये पोखरा महानगरपालिकाका १ पुरुष, २ महिला र मादी गाउँपालिकाका १ पुरुष, १ महिला छन् । लमजुङका ५ मध्ये मध्यनेपाल नगरपालिकाका ४ पुरुष र बेशीसहर नगरपालिकाका १ महिला छन् ।

नवलपुरका तीनैजना संक्रमित गैँडाकोट नगरपालिकाका महिला हुन् । त्यसैगरी तनुहँको देवघाट गाउँपालिकाका १ पुरुष, पर्वतको कुश्मा नगरपालिकाका १ महिला र गोरखाको गण्डकी नगरपालिकाका १ पुरुषमा पनि कोरोना पुष्टि भएको हो ।

प्रतिकृया दिनुहोस्