News Portal

  • मेचीनगरमा ७ बर्षिय बालक सहित १० जनामा काेराेना

    रातोपोस्ट संवाददाता
    ७५६ पटक

    झापा । झापाको मेचीनगर नगरपालिकामा आज एकै दिन १० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण देखिएको छ ।

    धरान स्थीत बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ७ गते पठाइएकाे पिसिआर परिक्षणको रिपोर्ट अनुसार आज थपिएका संक्रमितहरु मेचीनगर वडा नं. १० र ११ का रहेका छन । १० जनामा कोरोना संक्रमण देखिएको प्रतिष्ठानले जनाएको छ ।
    संक्रमित हुनेमा मेचीनगर वडा नं. १० स्थीत राधास्वामीको क्वारेन्टाईनका ८ जना पुरुष र मेचीनगर वडा नं. ११ को भानु आधारभुत बिद्यालयको क्वारेन्टाईनका दुई जना पुरुष रहेका छन ।

    संक्रमितहरु ७ बर्षका बालकदेखि ६२ बर्ष उमेर समुहका रहेको मेचिनगर नगरपालिका जनप्रतिनिधि नवीन बरालले बताए ।

    रिपोर्ट अनुसार क्वारेन्टाईनका ७,२५,२०,२९,२५,६२, ४५, ४६, १८ र २५ बर्षका छन अाज थपिएका १० जना सहित मेचीनगरमा कोरोना संक्रमितको संख्या १८ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)