News Portal

  • नेकपाकाे स्थायी कमिटी बैठक सकियो, एमसीसीबारे कुरा भएन

    रातोपोस्ट संवाददाता
    ४१९ पटक

    काठमाण्डाै । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक केही बेर बसेर सकिएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेपछि आजको बैठक सकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकार दिए । अर्को बैठक आउँदाे शुक्रबार १२ गते बस्नेछ ।

    आजको बैठकले पर्सीको लागि अध्यक्षद्वयले प्रारम्भमा मन्तव्य दिने, कोरोना रोकथाम, नियन्त्रण र उपचारबारे छलफल गर्ने, सीमा समस्या र समाधान, एमसीसी, सरकार र पार्टीको कामको समिक्षा र विविध विषयका एजेण्डा पनि तय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

    आजको बैठकमा अमेरिकी नियाेगकाे सहयाेग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को बारेमा निर्णय हुने भनिए पनि त्यसबारेमा छलफल नै नभएको नेताहरुले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)