News Portal

झापाली समाज अष्ट्रेलियाले दियाे मेचीनगरलाई स्वास्थ सामग्री

रातोपोस्ट संवाददाता
१०५४ पटक

झापा,असार १० । झापाली समाज अष्ट्रेलियाले झापाको मेचीनगर नगरपालिकालाई कोरोना भाइरस(कोभिड–१९) को परीक्षणका लागि आवश्यक स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।

झापाली समाज अष्ट्रेलियाले पूर्वी नेपालको उक्त सीमान्त नगरलाई ७५ हजार रुपैयाँ मूल्य बराबरको २ सय थान भिटिएम किट र १ हजार २८ थान सर्जिकल मास्क प्रदान गरेको हो ।

समाजका अध्यक्ष उमेश पोखरेलले नगरप्रमुख विमल आचार्यलाई ती स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए ।

भारतसँग सीमा जोडिएको मेचीनगरलाई कोरोना जाँचमा सघाउ पुर्याउन अष्ट्रेलियामा रहेका झापाली आबद्ध समाजले सहयोग गरेको अध्यक्ष पोखरेलले बताए ।

त्यस्तै, नगरप्रमुख आचार्यले कोरोना महामारीको सामना गर्न नगर सरकारले उच्च सावधानी अपनाएको प्रतिक्रिया दिँदै सहयोगी संस्थाप्रति आभार प्रकट गरे ।

प्रतिकृया दिनुहोस्