News Portal

  • लकडाउनकाे समयमा शुल्क लिने विद्यालयमाथि कडा कारबाही गर्ने अखिल(क्रान्तिकारी)झापाको चेतावनी

    रातोपोस्ट संवाददाता
    १५५५ पटक

    १० असार,झापा।नेत्र विक्रम चन्द (विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले झापाका कुनै पनि विद्यालयलाई काेराेना महामारीको समयमा शुल्क नलिन भन्दै विज्ञप्ति जारी गरेको छ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) झापाका संयोजक कुमारले आज प्रेस विज्ञप्ति जारी गर्दै कोरोना सङ्क्रमण र लकडाउनको समयमा विभिन्न बहानामा विद्यार्थीसँग शुल्क नलिन आग्रह गर्दै शुल्क लिएको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

    जिल्ला संयोजक कुमारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘शैक्षिक क्षेत्रमा देखिएको भ्रष्टाचार, कमिसन र दलालीकरणका विरुद्ध र शिक्षामा आमजनताको पहुँचमा समान अधिकारका निम्ति हाम्रो सङ्गठन स्थापनाकालदेखि नै सङ्घर्षरत रहेको सबैमा अवगत नै छ । नेपालको संविधानमा माध्यमिक शिक्षालाई निःशुल्क र अनिवार्य राख्ने प्रावधान गरिए पनि यसको ठीक विपरीत निजी तथा सरकारी विद्यालयहरूले विगतदेखि नै शिक्षामा शुल्क र अनिवार्यजस्तो गरी मनोमानी ढङ्गबाट शैक्षिक व्यापार सञ्चालन गरिरहेका छन् ।’

    विज्ञप्तिमा भनिएको छ, ‘अहिले कोरोना (कोभिड १९) ले विश्व–समुदायमा नै आक्रान्त पारेको बेलामा नेपाल पनि यसको प्रभाव परेको छ र करिब ३ महिनादेखि बन्दाबन्दीको अवस्थामा गुज्रिरहेको र जनताको आर्थिक स्थिति कमजोर बन्दै गएको छ । यस्तो सङ्क्रमणकालीन परिस्थितिमा झापा जिल्लाका निजी तथा सरकारी विद्यालयहरूले अनलाइन कक्षाका नाममा शुल्क लिने, विद्यार्थी भर्ना शुल्क, मासिक शुल्कलगायत विभिन्न नाममा विद्यार्थीहरूबाट शुल्क लिने गरेको गुनासो विद्यार्थी र अभिभावकहरूबाट आएकाले कुनै पनि बहानामा शुल्क नलिन हाम्रो सङ्गठन निजी तथा सरकारी विद्यालयहरूमा विशेष आग्रह गर्दछ । सम्बन्धित पक्षले हाम्रो सङ्गठनको आग्रहलाई बेवास्ता गरेमा कडा प्रतिरोध गरिने यसै विज्ञप्तिमार्फत सूचित गरिन्छ ।’ विज्ञप्तिको पूर्णपाठ…

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)