News Portal

  • गण्डकी प्रदेशमा थप ११ जनामा काेराेना पुष्टि

    रातोपोस्ट संवाददाता
    ५८९ पटक

    पाेखरा । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकीका ४ जिल्लामा नयाँ सङ्क्रमित थपिएका हुन् ।

    म्याग्दीका ६ जना, बाग्लुङका २ जना, नवलपरासी सुस्ता पूर्वका २ जना र स्याङजाका १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । ११ जना थपिएसँगै प्रदेशमा सङ्क्रमितको संख्या ७ सय ५३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    नवलपरासीका सङ्क्रमितलाई आईसोलेशनमा राखिसकिएको र अन्यलाई आईसोलेशनमा लैजाने तयारी भैरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता बिनोद बिन्दु शर्माले जानकारी दिए ।

    गण्डकी प्रदेशका कोरोना सङक्रमित ७ सय ५३ मध्ये ९१ जना निको भएर घर फर्किएका छन् । सङ्क्रमित १ जनाको ज्यान गएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)