News Portal

  • चट्याङ लागेर २ को मृत्यु, एक गम्भीर घाइते

    रातोपोस्ट संवाददाता
    ११८ पटक

    हेटौँडा,असार ११ । मकवानपुरको बकैया गाउँपालिकामा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

    गाउँपालिकाको वडा नम्बर–२ को कालापानीमा बुधबार राति करिब पौने ९ बजे परेको चट्याङले स्थानीय आशालाल घिसिङकी २५ वर्षीया पत्नी बिना घिसिङ र बुद्ध घिसिङकी छोरी १७ वर्षीया सम्झना घिसिङको मृत्यु भएको गाउँपालिका उपाध्यक्ष सरला बोलखेले बताइन् ।

    चट्याङ लागेर सोही स्थानका पुर्णबहादुर जिम्बाका १४ वर्षीय छोरा किरण जिम्बा गम्भीर घाइते भएका छन्।

    घरमा बसिरहेको अबस्थामा वर्षासँगै चट्याङ पर्दा सम्झनाको घटनास्थलमा र बिनाको दोभान स्वास्थ्य चौकीमा उपचारका क्रममा राति करिब साढे १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्