News Portal

नगर प्रमुख र उपप्रमुख दुबै जनाले बजेट पेस गर्दा, नगर सभा हुन सकेन

रातोपोस्ट संवाददाता
७०७ पटक

झापा,असार ११ । झापाको मेची नगरपालिकामा नगर प्रमुख र उप- प्रमुख दुबैले बजेट पेस गर्दा नगरकाे छैठौँ नगर सभा हुन सकेन

मेचीनगरपालिकामा नगर प्रमुख विमल आचार्य र मीना उप्रेती दुबै बजेट ल्याएर पेस गर्न खाेज्दा नगर सभा नभएकाे हाे ।

नेपाल सरकारले जेठ १० गते भित्र निति तथा कार्यक्रम सम्पन्न गर्नु पर्ने कार्यतालिका बनाएकाे छ ।

नेकपाका कारण नगर सभा हुन् नसकेको, बिषयगत शाखालाई पहिलो प्रार्थमिकता राख्नु पर्नेमा सबै बजेट वडा र कार्यपालिका सदस्यका लागि माग भए पछि सहमति हुन नसकेको नगर प्रमुख आचार्यले बताए ।

उनले भने, नगरबासीको अपेक्षा अनुरुपको निती तथा कार्यक्रम नगरसभाबाट सार्बजनिक गर्नु पर्ने हो, तर गर्न सकिएन यो दुःखद् भएको बताए ।

नगरप्रमुखले अधिकारलाई नगरपालिकामै केन्द्रीय गर्न खोजेपछि नगरसभा हुन नसकेको मेचीनगर नगरपालिकाका कार्यपालिका सदस्य एवम् नेकपा संसदीय दलका उपनेता टीकाराम मंग्रातीले बताए ।

बजेटको आय व्यय विवरण र कार्यक्रम तयार बनाइसकेको मेचीनगरले यसपटक नागरिक तहमा छलफल नगरेकोमा वडाबासी पनि असन्तुष्ट देखिएका छन् ।

मेचीनगरको कार्यपालिकामा नगरप्रमुख बिमल आचार्यसहित आठ जना कार्यपालिका सदस्य नेपाली कांग्रेसका छन् भने उपप्रमुख मिना उप्रेतीसहित १७ जना नेकपाका छन् ।

प्रतिकृया दिनुहोस्