News Portal

  • अस्तालमा उपचाररत ३३ प्रतिशतमा कोरोनाका नयाँ लक्षण देखियो

    रातोपोस्ट संवाददाता
    ४४७ पटक

    काठमाडाैं । कोरोना संक्रमण देखिएर अस्पतालमा भर्ना ३३ प्रतिशत व्यक्तिहरुमा कोरोनाका नयाँ लक्षण देखिएका छन् ।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारीका अनुसार अस्पतालमा भर्ना भएका ३३ प्रतिशतमा कोरोनाका विभिन्न लक्षण देखिने गरेका छन् । अहिले पनि टेकु अस्पतालमा १३ जना कोरोना संक्रमित उपचाररत रहेकाे उनले जानकारी दिए ।

    कोरोना संक्रमितमा खोकी र निमोनियाका लक्षण मात्रै हाेइन कि अन्य नयाँ लक्षण देखिएको उनले बताए ।

    “पहिला हामीले कोरोनाका लक्षण खोकी लाग्ने, निमोनिया देखिने मात्र मान्ने गरेका थियाैं । अहिले नयाँ अन्य लक्षण पनि देखिएको पाइएको छ,” उनले भने, “सुघ्ने शक्तिमा ह्रास हुने, खाने कुराको स्वाद नहुने, थकाइको महसुस हुने, ज्वरो आउँने, जिउ दुख्ने लक्षण देखिएका छन् ।”

    उनले नयाँ लक्षण देखिएका बिरामीको उपचार गर्दा एक प्रकारको चुनौती थपिएको बताए ।

    उनका अनुसार सामान्य लक्षण देखिएका बिरामीलाई पारासिटामोल मात्र दिने गरिएको छ । निमोनियाको लक्षण देखिएकाहरुलाई लक्षणका आधारमा उपचार गर्दैआएको र जटिल अवस्थाका बिरामीलाई आईसीयूमा राखिएकाे उनले बताए । पछिल्लो ४ महिना यता टेकु अस्पतालले कोरोनाको मात्र बिरामीको उपचार गर्दै आएको उनको भनाइ छ ।

    उनका अनुसार टेकु अस्पतालबाट पाउने सेवाहरु बिरामीलाई जोखिम नहोस् भनेर अन्य अस्पतालबाट दिने व्यवस्था गरिएको छ । टेकु अस्पतालमा कोरोना आशंकामा र कोरोना संक्रमित गरी ६ सय बिरामीलाई उपचार गरिएको उनले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)