News Portal

यूएईबाट फर्किएका ४ जनामा कोरोना पुष्टि

रातोपोस्ट संवाददाता
५८७ पटक

काठमाडौं, असार ११ । संयुक्त अरब इमिरेट्स यूएईबाट जेठ २३ गते नेपाल फर्किएर भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा बसिरहेका ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुरको खरिपाटीमा रहेको क्वारेन्टाइनमा बस्दै आएका ३ जना पुरुष र १ जना महिला गरी ४ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको जनाएको हो । यूएईबाट फर्किएर खरिपाटीमा रहेको क्वारेन्टाइनमा बस्दै आएका १० जनाको स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएको थियो ।

नेपालको पहिलो क्वारेन्टाइनको रुपमा रहेको यस क्वारेन्टाइनको सम्पूर्ण व्यवस्थापन शुरु देखि नेपाली सैनिक अन्तर्गत बीर दल गण सूर्य विनायकले हेर्दै आएको छ । यहाँ पहिलो पटक चीनको हुवान शहरबाट नेपाल फर्किएका बिद्यार्थीहरुलाई राखिएको थियो ।

प्रतिकृया दिनुहोस्