News Portal

बाह्य हस्तक्षेपकाे कारण नगर सभा हुन सकेन : मेयर आचार्य

रातोपोस्ट संवाददाता
४५२ पटक

झापा, असार ११ । बाह्य हस्तक्षेप भएको कारण मेचीनगरकाे सभा पछि सरेकाे नगरपालिका प्रमुख विमल आचार्यले बताए । काँकरभिट्टामा बिहीबार पत्रकारहरुसँगको भेटघाटमा नगरप्रमुख आचार्यले यस्तो कुरा बताएका हुन् ।

उनले नगरप्रमुख र उपप्रमुखले संयुक्त रुपमा ल्याउन लागेको जनमुखी नीति तथा कार्यक्रम बाह्य हस्तक्षेपका कारण ढिलाई हुन पुगेको दावी गरे ।

नेपालको संविधानले प्रत्येक वर्षको असार १० गते स्थानीय तहहरुले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु पर्छ । उक्त नीति तथा कार्यक्रम सहितको बजेट असार २५ गतेसम्मको नगर सभाबाट सम्पन्न गरिसक्नु पर्ने प्रावधान छ ।

नगरपालिकामा जनप्रतिनिधिहरुको बहुमत र अल्पमतको विवादका कारण नगर सभा रोकिएको छ । मेचीनगरमा बुधबार नगर सभा शुरु भयोे तर नीति तथा कार्यक्रम प्र्रस्तुत हुन सकेन ।

नगरप्रमुख आचार्यले भने जनप्रतिनिधिहरुको बहुमत र अल्पमतको खेलमा लागेकाे अाफु खुसी बजेट ल्याउन नपाएर विवाद उत्कर्षमा पुर्याएकाे उनले बताए ।

नगरलाई नै घाटा हुने गरीको बाहिरबाट ल्याइएको बजेट लागु गर्न नसकिने भएकोले नगर सभा रोकिएको आचार्यको भनाई छ ।

विहीबार नेकपा, नेपाली काङ्ग्रेस लगायत झापाका पाटि प्रमुखहरुसँग नगरप्रमुख आचार्य, उपप्रमुख मिना पोखरेल उप्रेतीले छलफल गरेका थिए ।

जवाफदेहिताको हिसावले सबै पार्टीका नेताहरुसँग छलफल गरेर २/३ दिनभित्र जनमुखी बजेट ल्याउने नगरप्रमुख आचार्यको जानकारी दिए । उपप्रमुख उप्रेतीले नगरप्रमुख र उपप्रमुखले तयार पारेको नीति तथा कार्यक्रम चाडै प्रस्तुत हुने बताइन् ।

यसपटक २०७७/७८ का लागि १ अर्व ४६ करोड ६० लाखको बजेट आउन लागेको छ । यसमा संघिय र प्रदेश सरकारको शर्सत तथा अन्य अनुदानका बजेट नगरले चलाउन पाउँदैन ।

नगरको आन्तरिक करिव ६० करोड प्रशासनिक, वडागत तथा अन्य शिर्षकमा मात्र बजेट खर्च गर्न सक्नेछ । गतवर्ष पनि करिव ७० करोडमा २२ करोड बचत भएको जनाइएको छ ।

यसपटकको बजेटले स्वास्थ्य, शिक्षा र कृषि उद्यमलाई पहिलो प्राथमिकता दिइएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्