News Portal

  • गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि

    रातोपोस्ट संवाददाता
    ३८४ पटक

    पाेखरा,असार १२ । गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकीका ४ जिल्लामा नयाँ सङ्क्रमित थपिएका हुन् ।

    नवलपरासी सुस्ता पूर्वका २१ जना, तनहुँका २ जना, बाग्लुङका १ जना र स्याङजाका १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । २५ जना थपिएसँगै प्रदेशमा सङ्क्रमितको संख्या ७ सय ९२ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    सबै सङ्क्रमितहरुलाई आइसोलेशनमा लैजाने तयारी भैरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता बिनोद बिन्दु शर्माले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)