News Portal

  • एक क्‍विन्टल गाँजासहित वडाध्यक्ष पक्राउ

    रातोपोस्ट संवाददाता
    ४९७ पटक

    पोखरा,असार १२ । बागलुङमा एक वडाध्यक्ष एक क्‍विन्टलभन्दा बढी परिमाणको गाँजासहित पक्राउ परेका छन् ।

    बागलुङको निशिखोला गाउँपालिका ६ का वडाध्यक्ष सूर्यबहादुर घर्तीलाई इलाका प्रहरी बुर्तिवाङले पक्राउ गरेको हो ।

    बिक्री गर्न गाँजा लिएर हिँडेका उनलाई वडा ५ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ । प्रहरी नायब उपरिक्षक राजेन्द्र रेग्मीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)