News Portal

उपाध्यक्ष गिरी भन्छन् : गाउँसभाले गरेको निर्णय बदर गरेर देखाउ

रातोपोस्ट संवाददाता
९०८ पटक

झापा,असार १२ । झापाको हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीले गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रम र निर्णय बदर गरेर देखाउन चुनौति दिएका छन् ।

शुक्रवार पत्रकार सम्मेलनमा उपाध्यक्ष गिरीले नीति तथा कार्यक्रम र निर्णयलाई बदर गराएर देखाउन अध्यक्षलाई चुनौति दिएका हुन् ।

उपाध्यक्ष गिरीले पूर्व नियोजित गाउँसभा अध्यक्षले विथोल्ने प्रयास गरिएको दावी गर्दै त्यसको जिम्मेवारी अध्यक्षले लिनुपर्ने बताए ।

उपाध्यक्ष गिरीको नेतृत्वमा बुधबार बहुमतले नीति तथा कार्यक्रम पास गरिएको थियो ।

अध्यक्ष रबीन्द्र लिङ्देनले गाउँसभा निर्णय कानुनविपरीत रहेकाे कुन अवस्थामा निती तथा कार्यक्रम पास हुन्छ, सत्ता पक्षका जनप्रतिनिधिहरुलाई याे बारे अध्यन गर्न भनि प्रश्न
गरेका थिए ।

अध्यक्ष लिङ्देनले भने, अाफूमाथि हातपात र आक्रमण भएपछि सभास्थलबाट छोडेर गएकाे बताए ।

प्रतिकृया दिनुहोस्