News Portal

  • दमकमा आज ३ जनामा कोरोना पुष्टि

    रातोपोस्ट संवाददाता
    ३०४ पटक

    झापा,असार १२। झापाको दमकमा थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    योसँगै दमकमा संक्रमित हुनेको संख्या ६ पुगेको छ । यद्यपी पहिलो संक्रमति एक जना भने कोरोना जितेर घर फर्किसकेका छन् ।

    दमकबाट २ क्वारेन्टाइनका सहित ६१ जनाको स्वाव परीक्षणका लागि प्रादेशिक प्रयोगशाला पठाइएको थियो ।

    प्रतिकृया दिनुहोस्