News Portal

  • मेचीनगरका एक सहित झापामा थप ४ जनामा कोरोना पुष्टि

    रातोपोस्ट संवाददाता
    ५१७ पटक

    झापा, असार १२ । मेचीनगरका एक सहित झापामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि भएका झापाको मेचीनगर वडा नम्बर १ का १८ बर्षीय पुरुष रहको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिए ।

    उनका अनुसार मेचीनगरका संक्रमित केही दिन अघि भारतबाट आएर वडाको क्वारेन्टाइनमा बसेका थिए ।

    त्यस्तै दमक नगरपालिका वडा नम्बर ३, ८ र ९ का १ महिला र २ पुरुषहरुमा समेत कोरोनाको संक्रमण पुष्टि भएको छ ।

    संक्रमितहरु कुबेत र साउदी अरबबाट आएका हुन् । महिला संक्रमित दमक स्थित सिएमए क्याम्पसको क्वारेन्टाइनमा रहेको र पुरुष संक्रमितहरु मिष्ट कलेज क्वारेन्टाइनमा रहका चौलागाईंले बताए ।

    यो सँगै झापामा झापामा संक्रमितको संख्या २ सय २१ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)