News Portal

मेचीनगरमा संक्रमितको सम्पर्कमा रहेका २२ जना सबैको पीसीआर रिपोर्ट नेगेटिभ

रातोपोस्ट संवाददाता
९१७ पटक

झापा,असार १२ । झापाको काँकरभिट्टामा कोरोना संक्रमितसँग सम्पर्कमा रहेका २२ जना व्यक्तिको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

कोशीको कोभिड अस्पताल विराटनगरले शुक्रबार होम क्वारेन्टाइनमा बसेका काँकरभिट्टाका कोरोना संक्रमितसँग सम्पर्कमा रहेका २२ जना व्यक्तिको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।

मेचीनगरका ६८ जनाको पीसीआर रिपोर्ट आएको थियो । त्यसमध्ये मेचीनगर–१ नम्बर वडाका एक पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो ।

६७ जनामध्ये काँकरभिट्टाका २२ जना र मेचीनगरका अन्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको मेचीनगर क्वारेन्टिन व्यवस्थापन समितिका संयोजक नविन बरालले बताए ।

असार ८ गते स्वास्थ्य कार्यालय झापाको टोलीले संक्रमितसँग सम्पर्कमा रहेका उनीहरुको थ्रोट स्वाबको नमुना संकलन गरेर पठाएको थियो ।

होम क्वारेन्टाइनमा बसेका कोरोना संक्रमित ३३ वर्षीय पुरुषको भने विराटनगरमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्