News Portal

कोरोनाभाइरसबाट विश्वमा ४ लाख ९६ हजारभन्दा बढीको मृत्यु

रातोपोस्ट संवाददाता
५०० पटक

एजेन्सी,असार १३ । कोरोनाभाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने मानिसको सङ्ख्या चार लाख ९६ हजार ७९६ पुगेको छ । साथै विश्वभर ९९ लाख ३ हजार ७७७ जना सङ्क्रमित भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ ।

कोरोनाभाइरसका कारण बिरामी भएका ५३ लाख ५७ हजार १५४ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस सङ्क्रमित करिब ३९ लाख ७३ हजार ५२७ व्यक्ति उपचाररत रहेका छन् । सङ्क्रमितहरुमा ५७ हजार ६४३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र २५ लाख ५२ हजार ९५६ जनामा कोरोनाभाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख २७ हजार ६४० व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा १९ लाख ८६ हजार २०१ जनाभन्दा बढी कोरोनाभाइरस सङ्क्रमित रहेका छन् । यहाँ ७७ हजार ८८८ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २९ लाख १९ हजार ७२५ जना कोरोनाभाइरस सङ्क्रमित रहेका छन् । उत्तर अमेरिकामा लाख ६३ हजार १६४ जनाको मृत्यु भएको छ ।

युरोपमा २३ लाख ७३ हजार २०३ जना कोरोनाभाइरस सङ्क्रमित रहेका छन् भने एक लाख ८९ हजार ५०३ को मृत्यु भएको छ । एसियामा २० लाख ७७ हजार ११९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ५२ हजार ९१ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ३ लाख ५० हजार ८६० जनामा कोरोनाभाइरस संक्रमण रहेको छ भने ९ हजार १०४ जनाको मृत्यु भएको छ । ओसियानामा ९ हजार २२४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२६ जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्