News Portal

अमेरिकामा एकैदिन ४० हजार बढी कोरोना संक्रमित थपिए

रातोपोस्ट संवाददाता
५१६ पटक

एजेन्सी। संयुक्त राज्य अमेरिकामा एकै दिनमा ४० हजार भन्दा बढी व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। फ्लोरिडा राज्यमा मात्रै झन्डै ९ हजार नयाँ सङ्क्रमित थपिएका छन् ।

कोरोनाभाइरस सङ्क्रमित व्यक्तिहरूको सङ्ख्यामा वृद्धि देखिएसँगै फ्लोरिडा र टेक्सस दुवै राज्यले फेरि प्रतिबन्धात्मक उपायहरू अवलम्बन गरेका छन्। अमेरिकाले गम्भीर समस्याको सामना गरिरहेको कोरोनाभाइरससम्बन्धी सरकारका एक प्रमुख सल्लाहकार डा.एन्थोनी फाउसीले बताएका छन्।

दुई महिनायता ’ह्वाइट हाउस टास्क फोर्स’को पहिलो ब्रीफिङमा बोल्दै उनले भने, त्यसलाई अन्त्य गराउने एक मात्र उपाय भनेको हामी सबै मिलेर अन्त्य गराउने हो। डा. फाउसीले कोरोनाभाइरस सङ्क्रमण फैलिने क्रमलाई रोक्न नसकिए राम्रो गरिरहेका देशका अन्य भाग पनि अब प्रभावित हुनसक्ने बताए।

तर भाइरस फैलिने क्रमलाई अमेरिकाले सफलतापूर्वक मन्द बनाइदिएको उनको दाबी छ। अमेरिकामा हालसम्म २४ लाख व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ भने देशभरि १,२५००० भन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन्।

कोरोनाभाइरस सङ्क्रमित र त्यसबाट मृत्यु हुने सङ्ख्याको हिसाबले अमेरिका विश्वमै पहिलो स्थानमा छ। आगामी अक्टोबर महिनासम्ममा १,८०,००० व्यक्तिको मृत्यु हुन सक्ने वाशिङ्टन विश्वविद्यालयको अनुमान छ।

प्रतिकृया दिनुहोस्